काठमाडौं, असार २६ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका क्याप्टेनसहित छ जनाको शव काठमाडौं ल्याइएको छ।
मङ्गलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका - २ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकोका नागरिकको मृत्यु भएको थियो।मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकोका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन्।
दुई वटा हेलिकप्टरबाट ६ वटा शव ल्याइएको हो।अल्टिच्यूड एयरको हेलिकप्टरबाट पहिलोमा चार वटा र दोस्रोमा दुई वटा शव ल्याइएको हो।अहिले शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)