Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त

  • 3.2K
    SHARES

  • मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त

    सोलुखुम्बु,असार २६ ।

    सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

    कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ।असई बस्नेतले तीन जनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ।

    ‘घटनास्थलमा पुगेका प्रहरीले तीन वटा शव देखेको बताएका छन्। शवको पहिचान भइसकेको छैन। अरू खोज्ने क्रम जारी छ। घटनास्थलमा स्थानीय पनि छन्,’ उनले भने।

    आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।

    हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट टेकबहादुर गुरूङ रहेको प्रजिअ बसन्त भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ। हेलिकप्टरमा क्या. चेत गुरूंग सहित ५ जना मेक्सिकन विदेशी यात्रु थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology