Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

विद्युत समस्या समाधानको माग गर्दै पर्रोहा फ्युजन केन्द्रमा रास्वपाद्वारा ज्ञापनपत्र

विद्युत समस्या समाधानको माग गर्दै पर्रोहा फ्युजन केन्द्रमा रास्वपाद्वारा ज्ञापनपत्र

  • 1.9K
    SHARES

  • विद्युत समस्या समाधानको माग गर्दै पर्रोहा फ्युजन केन्द्रमा  रास्वपाद्वारा   ज्ञापनपत्र

    बुटवल, असार २५ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाले विद्युतमा देखिएको समस्या समाधानको माग गर्दै सैनामैना स्थित पर्रोहा फ्युजन केन्द्रमा ज्ञापन पत्र बुझाएको छ ।

    विद्युत प्राधिकरणले सैनामैना नगरपालिका भरी केही समयदेखि विना सूचना रात दिन जुनसुकै समयमा विद्युत कटौती गरेको र जसका कारण सैनामैना बासी, उद्योगी व्यवसायी, अस्पताल, विद्यालय, क्याम्पस, किसान, मजदुर लगायतको जनजीवन प्रभावित भएको र अत्यावसेक वस्तु तथा सेवा समेत प्रभावित भएको बताउँदै तत्काल समस्या समाधानको लागि माग गरिएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैना नगर समितिका संयोजक राजबहादुर क्षेत्र र सचिव लक्ष्मण पौडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्र सैनामैना नगरपालिका, नेपाल विद्युत प्रधिकरण शाखा कार्यालय बुटवललाई समेत वोधार्थ दिईएको राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही क्षेत्र नं। २ का संयोजक रमेश लम्सालले बताउनु भयो ।

    रास्वपा रुपन्देही क्षेत्र नं। २ का क्षेत्रीय सदस्य शोभा खत्री, ¥याट संयोजक दामोदर खत्री, सैनामैना १ का वडा सभापति एकबहादुर क्षेत्री, २ का नविन रेग्मी, ४ का एलबि रावल, ६ सोनु पाण्डे, ७ का राजन पाण्डे, १० का नवराज पाण्डे तथा पार्टी सदस्यहरु समेतको उपस्थितीमा उक्त ज्ञापन पत्र बुझाईएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ २५ २०८००६:४९:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology