Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनीका १०९ स्थानीय तहमध्ये ५ वटाको आएन बजेट

लुम्बिनीका १०९ स्थानीय तहमध्ये ५ वटाको आएन बजेट

  • 1.1K
    SHARES

  • लुम्बिनीका १०९ स्थानीय तहमध्ये ५ वटाको आएन बजेट

    बुटवल,असार २५ ।

    हरेक स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने भए पनि लुम्बिनी प्रदेशका ५ वटा पालिकाले अझैसम्म बजेट ल्याउन सकेका छैनन् ।

    लुम्बिनीका १०९ स्थानीय तहमध्ये रुपन्देहीको सम्मरीमाई, रोहिणी, कोटहीमाई, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिकाले आन्तरिक कारण देखाउँदै बजेट ल्याउन नसकेका हुन् ।

    संघ र प्रदेश अनुदान घटेको बेलामा वडा अध्यक्षहरूले बजेटको सिलिङ धेरै मागेपछि ती स्थानीय तहमा बजेट ल्याउन सकस परेको हो । रोल्पाको गंगादेव गाउँपालिकाले भने आइतबार बजेट ल्याएको गाउँपालिकाका सूचना अधिकारी प्रेम प्रकाश वलीले बताए ।

    रुपन्देहीको रोहणी गाउँपालिकाले असार २७ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ २५ २०८००६:४०:३१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology