Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नविन औद्योगिक माबिमा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान

नविन औद्योगिक माबिमा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान

  • 1.9K
    SHARES

  • नविन औद्योगिक माबिमा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान

    बुटवल,असार २४ ।

    नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई आइतवार एक कार्यक्रम वीच सम्मान गरिएको छ ।

    प्रमुख अतिथि लुम्विनी प्राविधिक विश्वविद्यालय लुम्विनी प्रदेशका उपकुलपति एवं विद्यालयका भिजिटिङ प्रोफेसर प्रा.डा. विनोद ढकालले विद्यालयले राष्ट्रिय रुपमा आफ्नो पहिचान कायम राख्न सफल भएकोमा यसलाई थप व्यवस्थित गर्दै जान र विद्यालयको सफलताको लागि अभिभावक, शिक्षक र विद्यार्थीहरु वीच प्रभावकारी समन्वय हुनु पर्नेमा जोड दिनु भयो ।

    उक्त अवशरमा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपसभापति अमृता अनमोलले विद्यार्थीहरुले सबै भन्दा माथि आफुलाई राखेर अगाडी बढ्नु पर्ने साथीहरु क्षणिक र गौण हुने भएकोले विद्यार्थीहरु लगनशिल र प्रतिवद्व भएर अब्बल हुने प्रयास गर्न आग्रह गर्नु भयो ।

    विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले शैक्षिक सत्र २०७९ मा कक्षा ११ को वार्षिक परीक्षामा विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समुहमा अध्ययन गरी ९० प्रतिशत भन्दा बढी अंक ल्याउने व्यवस्थापन समुहका राहुल भण्डारी र शिभिल इन्जिनियरिङका प्रवीन अधिकारीलाई जनही दश हजार, विज्ञान समूहका धन्यवाद चौधरी,अंकित पराजुली, कानुन समुहकी रुक्सा अर्याल, व्यवस्थापन समूहकी मेलिना फुल्लेल, पवन पन्थ, सिभिल इन्जिनियरिङकी रमा थामीले जनही पाँच हजार र विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ र कानुन समूहका १६ जनाले दुइ हजार पाँचसयका दरले नब्वे हजार चेक तथा पुरस्कार प्रमुख अतिथि प्रा.डा. विनोद ढकाल र विशिष्ट अतिथि संचारिका समूहकी अध्यक्ष अमृता अनमोलले वितरण गर्नु भएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा १२ विज्ञान समूहकी विद्यार्थी अंकिता पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकाल, सहायक प्रधानाध्यापक अर्जुन खनाल, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी लगायतले धारणा राख्नु भएको थियो ।

    विद्यालयमा शैक्षिक सत्र २०७९ को इमिक्स अनुसार ४ हजार एक सय तेह्र जना विद्यार्थीहरु रहेका छन् ।शैक्षिक सत्र २०८० मा कक्षा ११ को भर्ना कार्यक्रममा विज्ञान, व्यवस्थापन,सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समुहको छात्रवृत्ति छनोट परीक्षा यहि आषाढ २८ गते २ बजे हुने भएको र भर्ना फाराम वितरण भइरहेकोले २०८० को विद्यार्थी संख्या एकिन भएको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology