Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नारीको अधिकार र चाहना अभिव्यक्त गरेको चलचित्र बगान

नारीको अधिकार र चाहना अभिव्यक्त गरेको चलचित्र बगान

  • 1.1K
    SHARES

  • नारीको अधिकार र चाहना अभिव्यक्त गरेको चलचित्र बगान

    बुटवल,असार २४।

    देश दौडाहामा व्यस्त नेपाली फिल्म बगानको टिमले बुटवलमा आएर पत्रकार भेटघाट गरेको छ। ३० बर्ष अघि सारंगी फिल्ल्म्का लागि आएको बिगत सम्झिदै अभिनेता तथा बगानका निर्देशक सरोज खनालले फिल्मले समाजको यथार्थ चित्रण गरेको बताए।

    समस्या संग जुध्न र समाधानका लागि समाजलाई एउटा बाटो देखाउन फिल्मले एकल महिलाहरुको कथा बोल्ने बताए। फिल्म हलमा एकलमहिला तथा बिधवाहरुलाई निशुल्क हेर्ने व्यवस्था गरेको बताउदै निर्देशक खनालले हरेक महिलाको हक अधिकार चाहनाको पक्षमा समाज हिड्न नसक्दा यस्तो कथा जन्मिएको बताए। 

    चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै  खनालले सो कुरा बताएका हुन्। सो अवसरमा बोल्दै अभिनेत्री करिश्मा मानन्धरले फिल्म बगानले एकल नारीको अधिकार, समस्या चुनौतीका बीच समाधान खोजेकोले सबै दर्शकले एकपटक हेर्ने पर्ने चलचित्र बनेको बताइन्र।

    कथा मनपरेको कारण फिल्ममा आबद्ध भएको जानकारी गराउदै अभिनेत्री मानन्धरले हरेक समाजका कुरिती र कुसंस्कृति बिरुद्धको आवाज बगान भएको बताएकी छिन।

    आफ्नो पहिलो फिल्म भएपनि यस क्षेत्रमा पहिल्यै देखि रुचि रहेको र बगानले आफ्नो करिअर अगाडी बढाउने नव नायिका प्रमिला कार्कीले बताईन। बगानको कथामा हरेक नारी आमा छोरी बुहारीको कथा पाइने बताउदै नायिका कार्कीले हरेक समाजमा भएको व्याप्त नारीको बेदनालाई टपक्क टिपेर कथा बुनिएको बताएकी छिन। 

    आफ्नो मोफसल यात्रालाई अघि बढाएको बगान टिम शनिबार बिहान चितवनको कार्यक्रम सकेर बुटवल हुँदै आइतबार भैरहवा र पोखरा र त्यसपछि काठमान्डौ जानेछ। ‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

    गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भिएफएक्स तथा रेनिश फागोले रंग संयोजन गरेका छन्।

    प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology