बुटवल,असार २४ ।
लायन्स क्लब अफ बुटवल सिद्दबाबाको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२२–०२३ का अध्यक्ष झबिन्द्र अधिकारीले बर्ष २३–२४ का नया अध्यक्ष नारायण तिवारीलाइ पदहस्तान्तरण गर्नुभयो ।
सो अबसरमा सचिव भूमिराज सापकोटाले डोलराज बस्याललाइ र कोषाध्यक्ष तुलसीराम भण्डारीले नयाँ कोषाध्यक्ष महेश पाण्डेलाइ माइन्युटहरु प्रदान गर्नभयो ।
सो अबसरमा क्लवका पूर्व अध्यक्षहरु रामप्रसाद बन्जाडे,गणेश भट्टराइ,टंक गैरे,गोकर्ण पाण्डे,ज्योति भण्डारी लगायतले बोल्दै क्लवलाइ सामाजिक काममा समेत सक्रिय बनाउनुपर्ने बताए ।
क्लवका अध्यक्ष नारायण तिवारीले आफ्नो कार्यकालमा पहिलो काम मधुमेहका बिरामीलाइ लक्षित गरेर निरन्तर शिबिर चलाउने ,बृक्षारोपण,समिति निर्माण,अनुगमन,याजना निर्माण लगायतका काम गर्ने बताए ।
सो अबसरमा नयाँ नेतृत्वलाइ प्रमाणपत्र बितरण तथा क्लवका सल्लाहकार,सहयोगी सबैलाइ मायाको चिनोले सम्मान समेत गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)