बुटवल,असार २४ ।
छत्रगञ्ज-रुपन्देही सम्पर्क समाजले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।समाजले बुटवल ९ तीनकुनेको सिमरन पार्टी प्यालेसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
सम्पर्क समाजका अध्यक्ष सिद्दार्थ पन्थीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा समाजका सस्थापक अध्यक्ष श्री रायमाझी रहनुभएको थियो ।
कार्यक्रमको सन्चालन समाजका सचिब विराट पौडेलले गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा ५६ यूनिट रगत संकलन भएको कार्यक्रम सम्योजक बन्दना पान्डेले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)