Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

लुम्बिनी प्रदेश फूटवल संघको अध्यक्षमा अजितराज भण्डारी

लुम्बिनी प्रदेश फूटवल संघको अध्यक्षमा अजितराज भण्डारी

  • 1.3K
    SHARES

  • लुम्बिनी प्रदेश फूटवल संघको अध्यक्षमा अजितराज भण्डारी

    बुटवल,असार २३ ।

    लुम्बिनी प्रदेश फूटवल संघको आज बुटवलमा भएको प्रथम अधिबेशनले  अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन संगै अबप्रदेशमा खेलकुलका गतीविधीमा थप चलायमा नहुने आयोजकले बताएका छन ।

    अखिल नेपाल फूटवल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी कुमारलेलुम्बिनीप्रदेश फूटवल संघमानयाँ नेतृत्व सर्वसम्बत रुपमाचयनहुनुले यस क्षेत्रमा फूटवलको विकासका लागि थप महत्वपूर्ण योगदानहुने विश्वास व्यक्तगर्नु भयो ।

    उहाँले खेलकुदको लागि केन्द्रिय सरकारले वजेटको व्यवस्थागर्न नसकेकोमा चिन्ता व्यक्त गदै स्थानियतहहरुसंग मिलेर खेलकुदका प्रतियोगिता संचालन गर्न आह्वान गर्नु भयो । लुम्बिनी प्रदेशसमा मुख्यमन्त्रीसंग जोडिएर मुख्यमन्त्रीकप फूटवल प्रतियोगिता संचालन गर्न पहलगर्नु पर्ने भन्दै प्रदेशमा समिति चयन भएसंगै वाटो सहजभएको बताउनु भयो ।

    अखिल नेपाल फूटवल संघ एन्फाका केन्द्रिय सदस्य भोजराज जोसीले फूटवलमा देखिएको समस्या समाधानहुने धारणा  राख्नु भयो ।प्रदेश फूटवल संघका उपाध्यक्षमा होम बहादुर क्षेत्री, खोम सिंह ठकुरी शक्तिअजयकुमार शर्मा, र सदस्यमामोहन सिंह राना, करन चित्रकार, अनिलकुमार शाक्य, सुरेश मणि त्रिपाठी, शिवश्रेष्ठ, भेषराजपौडेल, संजय कार्की ,शुसिलकुमार श्रेष्ठ, मोहन सिंह थापा, अशोक सेन र महिला सदस्यमा सीतागोतामे निर्वाचितहुनु भएको निर्वाचन समितिकासंयोजकशालिकराम बन्जाडेले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ २३ २०८००६:१५:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology