Logo बिहिवार, आश्विन १ गते २०८३
images

पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण

पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण

  • 729
    SHARES

  • पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण

    बुटवल,असार २३ ।

    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनले आफ्ना सदस्य व्यवसायीहरुलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण गरेको छ । एशोसियशनले शुक्रबार बुटवलमा कार्यक्रमको आयोजनागरी लेखा सम्बन्धि सफ्टवेयर एवं वित्तिय साक्षरताको लागि अभिमुखिकरण गरेको हो ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा एशोसियशनका पूर्व सल्लाहकार गुणनिधी भण्डारीले प्रशिक्षणले सदस्य व्यवसायीहरुलाई धेरै कुरा सिक्ने अवसर प्राप्त भएको भनाई राख्नुभयो । उहाँले लेखा विधि नजानेका कारण भईरहेका आर्थिक लसलाई सुधार गर्न सहयोग पुग्ने बताउँदै सदस्यहरुको जिम्मेवारी वोध गर्नेगरी संघले नै अडिटरको व्यवस्था गर्न सुझाव दिनुभयो ।

    हिसाव किताव सहि ढंगले राख्न नजानेकै कारण कतिवेला थुनिनु पर्ने हो भन्ने चिन्ता व्यवसायीमा रहेको बताउँदै अध्यक्ष भण्डारीले बैंकको चर्को व्याजदरका कारण व्यवसायी ठूलो मारमा परेको र व्यवसायीलाई साथिको रुपमा लिएर व्यबहार गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गर्नुभयो ।

    त्यस्तै एशोसियशनका अध्यक्ष हिमाल गैरेले व्यवसायिहरुको हितको लागि व्यवसायी तथा प्रतिष्ठानमा कामगर्ने कर्मचारीलाई सक्षम बनाउनको लागि कार्यक्रम गरिएको बताउनु भयो । व्यवसायीले हिसाब किताव राख्न नजानेका कारण व्यवसायमा धेरै समस्या आउने गरेको र व्यवासायीहरुले राखेको लेखाको सफ्टवेयर पनि सञ्चालन गर्ने कुरामा कतिपय व्यवसायीलाई समस्या भएका कारण यी सबै कुरा समेट्नेगरी कार्यक्रम गरिएको उहाँले जानकारी गराउनु भयो । एशोसियशनले बार्षिक कार्ययोजना बनायर ब्यवसायिको हकहित र ब्यवसायिक क्षेत्रमा देखियका समस्स्या समाधान गर्ने गरि काम गर्दै आइरहेको उहाले बताउनु भयो ।

    एक दिनको प्रशिक्षण कार्यक्रममा एकाउण्ट सफ्टवेर स्वस्तिकका पिताम्बर ज्ञवाली, बि।जि।का सुदिप खरेल र माछापुच्छ्रे बैकका  मनबहादुर गुरुङले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रम एशोसियशनका द्वित्तिय  उपाध्यक्ष गोपालप्रसाद बस्यालको स्वागत तथा महासचिव हरिराम कसौधनको सञ्चालनमा भएको थियो । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनमा ३ सय व्यवसायी आवद्द  छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology