Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

  • 687
    SHARES

  • कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

    काठमाडौं, असार २२ ।

    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्। थापा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। 

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए। उनलाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए, जुन अहिले विवादित छ। 

    थापासँगै नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन्। 

    माओवादीले भने आज मन्त्रिपरिषदमा आफ्ना सांसदलाई पठाउन सकेन। यसअघि पर्यटनमन्त्री भएका जीवन आचार्यलाई फेरि दोहोर्‍याउने या नयाँ मन्त्री पठाउने भन्नेमा माओवादीभित्रै विवाद भएपछि आज मन्त्रीहरूको नाम पठाउन नसकिएको माओवादी केन्द्रका एक नेताले बताए। आचार्य प्रधानमन्त्त्री प्रचण्डका ज्वाइँ हुन्। 

    सरकारलाई समर्थन गरेको जसपाका सांसद निर्मला लिम्बु पनि सरकारमा गएकी छैनन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology