Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा भी एक्स एल माइग्रेसन एण्ड एजुकेसनको शाखा शुभारम्भ

बुटवलमा भी एक्स एल माइग्रेसन एण्ड एजुकेसनको शाखा शुभारम्भ

  • 1.2K
    SHARES

  • बुटवलमा भी एक्स एल माइग्रेसन एण्ड एजुकेसनको शाखा शुभारम्भ

    बुटवल,असार २१ ।

    भी एक्स एल माइग्रेसन एण्ड एजुकेसन कन्सल्ट्यान्टस्को नेपालको चौथो शाखा बुटवलमा सञ्चालनमा आएको छ ।

    बुटवल मिलनचोकमा सञ्चालनमा आएको शाखाको कन्सल्ट्यान्टस्का ग्लोबल डाइरेक्टर नवीन पन्तले उद्घाटन गरे ।सो अवसरमा बोल्दै उनले रुपन्देही र आसपासबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,क्यानाडा,युके, आयरल्याण्ड र फिलिपिन्स जान चाहने विद्यार्थीहरुको मागका आधारमा उनीहरुलाई सही ढंगले परामर्श दिने उद्देश्यले बुटवलमा शाखा विस्तार गरेको बताए ।

    भीएक्सएलले सर्टिफिकेट मात्रै भन्दा सीप समेत सिकेर अध्ययनका लागि विदेश जांदा सजिलो हुने भन्ने कुरालाई विशेष प्राथमिकताका साथ परामर्श दिने बताए ।

    भीएक्सएलले यसअघि काठमाडौं, चितवन र बिराटनगरमा शाखा सञ्चालनमा ल्याइसकेको पन्तले बताए ।भीएक्सएलका बुटवल प्रमुख विष्णुप्रसाद यादवले शाखा शुभारम्भका अवसरमा विभिन्न शुल्कमा ५० प्रतिशतसम्म छुट गरिएको बताए ।

    आफ्नो संस्थाले उच्च शिक्षा अध्ययन र केही वर्ष विदेशमै रहेर कमाउनु जायज भएपनि दीर्घकालीनरुपमा विदेशमै रहनु देशको लागि राम्रो होइन त्यसकारण निश्चित समयपछि स्वदेशमै फर्किनुपर्छ भन्ने मान्यता अनुसार परामर्श दिने यादवले बताए एक्सएलको अष्ट्रेलिया,फिलिपिन्समा पनि शाखा कार्यालय रहेको संस्थाका नेपाल डाइरेक्टर राजेन्द्र लेखकले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology