Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाली युवाहरुलाई अग्निपथमा भर्तिको व्यवस्था चाँडो मिलाउन प्रधानमन्त्री प्रचण्डलाइ ज्ञापन पत्र

नेपाली युवाहरुलाई अग्निपथमा भर्तिको व्यवस्था चाँडो मिलाउन प्रधानमन्त्री प्रचण्डलाइ ज्ञापन पत्र

  • 1.8K
    SHARES

  • नेपाली युवाहरुलाई अग्निपथमा भर्तिको व्यवस्था चाँडो मिलाउन प्रधानमन्त्री प्रचण्डलाइ ज्ञापन पत्र

    बुटवल,असार २० ।

    संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरुलाई भर्तिको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ । 

    महासंघ नेपालले देशभरका जिल्ला प्रशासन मार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ ज्ञापन पत्र पठाएको हो ।

    भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरुको सहभागिताको बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरुको चाहनालाई कुठाराघात गरेको उनीहरूको भनाइ छ ।

    महासंघ नेपालले सन् १९४७ मा नेपाल, भारत र बेलायत सरकारबीच भएको त्रिपक्षीय सन्धीअनुरुप हालसम्म भारतीय सेनामा रहेको गोरखा सैनिकमाथि कुनै प्रकारको विभेद नरहेको पनि स्पष्ट पारेको छ ।

    यस्तै, महासंघ नेपालले भारतले आफ्नो सेना सुदृढीकरण योजनाअन्तर्गत ल्याएको अग्निपथ योजना कुनै जाति, धर्म, क्षेत्रविशेष या गोरखा भर्तीमा मात्र केन्द्रित नभई सम्पूर्ण देशभरिन नै लागु हुने भारतको सदन र सरकारले पास गरेको राष्टिय योजना भएको जनाएको छ। 

    महासंघले अग्निपथ भर्ति कार्यक्रमबाट नेपाललाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हुने फाईदाहरुको पनि प्रकाश पारेको छ । उक्त अग्निपथ भर्ति योजनाअन्तर्गत दुई देशबीच रहँदै आएको सौहार्दपुर्ण सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्यत पुग्ने कुरामा विश्वस्त रहेको पनि महासंघको भनाई छ ।  

    महासंघले नेपाली युवाहरु १७, १८ वर्षको उमेरमा भारतको अग्निपथ योजनाअन्तर्गत भर्ती भएकाहरु ४ वर्षपछि अवकाश पाउँदा २१(२२ वर्षको हुने र ती युवाहरुलाई नेपाली सेना तथा प्रहरमिा भर्ती गरी तालिम खर्च र तालिमको समय पनि बचाउन सकिने उल्लेख गरेको छ ।

    अहिले भर्ति रोकियो भने १२ देखि १३ हजार नेपाली युवाहरुको भारतीय सेनामा भर्ति हुने सपना अधुरो हुने र यसरी भर्ति रोक्नु गलत हुने संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ रूपन्देही अध्यक्ष क्याप्टेन किशन थापा मगरले बताए ।vupu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology