Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

द आर्ट अफ लिभिङ नेपाल बुटवल केन्द्रको भवन उद्घाटन

द आर्ट अफ लिभिङ नेपाल बुटवल केन्द्रको भवन उद्घाटन

  • 1.4K
    SHARES

  • द आर्ट अफ लिभिङ नेपाल बुटवल केन्द्रको भवन उद्घाटन

    बुटवल,असार २० ।

    द आर्ट अफ लिभिङ नेपालको नवनिर्मित साधना केन्द्र उद्घाटन गरिएको छ ।

    द आर्ट अफ लिभिङ नेपाल बुटवल केन्द्रको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ मा निर्माण गरिएको साधना केन्द्र सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

    भवनको द आर्ट अफ लिभिङ नेपाल, एपेक्सका महासचिव सन्दिप शाहले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले साधना केन्द्रको स्थापनाले तनावमुक्त र हिंसा मुक्त समाजको निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कल्याण पौडेलले समाजमा शान्ति स्थापना गर्न आफू सधै द आर्ट अफ लिभिङको साथमा रहेको बताउनु भयो । भवन निर्माण समितिका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा भएको कार्यक्रममा द आर्ट अफ लिभिङका जिल्ला समन्वय समितिका संयोजक दिपेन्द्र प्रधान, सदस्यहरु प्रशिक्षक तथा स्वयंसेवकहरु, स्थानीय क्लबका अध्यक्षहरु र स्थानीयको उपस्थिति रहेको थियो ।

    कार्यक्रम भवन निर्माण समितिका सचिव, द आर्ट अफ लिभिङका प्रशिक्षक मनोज सापकोटाको सञ्चालनमा भएको थियो । त्यस अवसरमा सत्संग कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा संस्थाका गुरुहरुको पुजा तथा सत्संग गायक र स्वयंसेवकहरुको भजन र नृत्य प्रस्तुतीले कार्यक्रमलाई आकर्षक बनाएको थियो ।art of living.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology