Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेस लुम्बिनी प्रदेशले भदौ मसान्तभित्र सम्मेलन गर्ने निर्णय

कांग्रेस लुम्बिनी प्रदेशले भदौ मसान्तभित्र सम्मेलन गर्ने निर्णय

  • 978
    SHARES

  • कांग्रेस लुम्बिनी प्रदेशले भदौ मसान्तभित्र  सम्मेलन गर्ने निर्णय

    बुटवल,असार २० ।

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आगामी भदौ महिनामा हुने भएको छ । काँग्रेस लुम्बिनी प्रदेशको भालुभाङमा बसेको बैठकले भदौ मसान्तभित्र पार्टीको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।

    सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवं सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने छन् । ‘यसले काँग्रेसलाई थप बलियो, जनमुखी र आगामी दिनमा गर्ने कार्यक्रमको एजेण्डा तय गरेर अघि बढ्नेछ’, नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सभापति अमरसिंह पुनले भने ।

    उनले लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनका लागि जनभावना अनुरूप कार्यक्रम निर्माण र परिचालन गर्नका लागि सरकार र पार्टीबीच समन्वयका साथ अगाडि बढ्ने निर्णय गरेको बताए । कांग्रेस लुम्बिनीले भातृ तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समितिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ ।

    प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको कांग्रेस लुम्बिनीले विभिन्न विभागहरूलाई पूर्णता दिँदै ग्राउन्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology