Logo बुधवार, श्रावण १३ गते २०८३
images

ललिता निवास जग्गा प्रकरण : बन्दीप्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

ललिता निवास जग्गा प्रकरण : बन्दीप्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

  • 759
    SHARES

  • ललिता निवास जग्गा प्रकरण : बन्दीप्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

    बुटवल,असार १९ ।

    ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले  ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो ।

    तर न्यायाधीशद्वय भट्टराई र फुयाँलको संयुक्त इजलासले बन्दी प्रत्यक्षकरणसम्बन्धी चार वटा मुद्दाको सुनुवाइ गर्दै अन्य मुद्दा  ‘हेर्न नभ्याइने’ सूचीमा राख्नुभएको राखेको हो ।

    ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नुभएका सुधीरकुमार शाहको हकमा अभिषेकविक्रम शाह, धर्मप्रसाद गौतमको हकमा सरोज गौतम र मीनबहादुर गुरुङको हकमा विद्या गुरुङले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित असार १३ गते सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।

    यसअघि असार १५ गते न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिँदै २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । सोही आदेश बमोजिम प्रतिवादीका तर्फबाट लिखित जवाफ प्राप्त भएपछि आज सुनुवाइका लागि पेसी तोकिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology