Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

धान दिवसमा लुम्बिनी वल्र्ड स्कुलमा विभिन्न कार्यक्रम

धान दिवसमा लुम्बिनी वल्र्ड स्कुलमा विभिन्न कार्यक्रम

  • 1.0K
    SHARES

  • धान दिवसमा लुम्बिनी वल्र्ड स्कुलमा विभिन्न कार्यक्रम

    बुटवल,असार १९ ।

    धान दिवसको अवसरमा लुम्बिनी वल्र्ड स्कुलले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । 

    जसमा बालबालिकाहरुका विभिन्न प्रतिभाहरु, असारे गीत, किसानको महिमा तथा धानदिवस सम्बन्धि शीर्षकहरुमा कविता रचना गरी वाचन गर्नुका साथै विद्यार्थीहरु आफुले सिकेका कुराहरुलाई अत्यन्तै रोचक र निर्भीक तरिकाले मञ्चमागई प्रस्तुत गरेका थिए ।

    कार्यक्रम बिहान ९ः३० बजेबाट सुरु भई बेलुका ५ः३० बजे सम्म भएको थियो ।

    किसानको महत्वलाई  निकै सहज रुपमा आ–आफ्ना मन्तव्य दिदैँ किसानलाई मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए । कार्यक्रममा सिलौटो, डोको, नाम्लो, हँसिया, कुटो, कोदालो, हलो, जुवा, सेउ, ढकिया, पेरुङ्गो, गुन्द्री जस्ता किसानहरुले प्रयोग गर्ने परम्परागत (पुराना) प्रविधिहरु ल्याई तिनिहरुको प्रयोग गर्ने पद्धतिलाई समेत सफल प्रदर्शन गरिएको थियो ।

    असार पन्ध्रमा किन दही चिउरा खाने चलन छ भन्ने बारेमा विद्यार्थी स्वयम्लाई खोज अनुसन्धान गर्न लगाई उनिहरुले प्राप्त गरेका जानकारीहरुलाई प्रस्तुत गरेका थिए । त्यसैक्रममा सम्पूर्ण विद्यार्थीहरुलाई दही चिउराको भोजन गराई रोपाइँका लागि तयार पारिएको खेतमा लगेर धान रोप्न सिकाइएको थियो ।

    विद्यार्थी तथा शिक्षक–शिक्षिका समेत केही समय हिलोमा खेल्दै रमाउँदै धान रोप्नमा व्यस्त देखिन्थे । यसरी यस विद्यालयले ‘धानदिवस’अर्थात् असार पन्ध्र उत्सवलाई सभ्य र भव्यताका साथ सम्पन्न गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आषाढ १९ २०८००१:३३:०९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology