बुटवल,असार १८ ।
दुइ केजी सुन प्रकरणमा बुटवलका २ वटा सुन चाँदी पसललाई शील गरिएको छ । रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजादै गर्दा बरामद भएको करिब २ केजी सुन प्रकरणमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलको समेत संलग्ना देखिएपछि शील गरिएको हो ।
१० असारमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह नाका हुँदै नेपालबाट भारत तर्फ लैजादै गर्दा सशस्त्र प्रहरीले सुन बरामद गरेको थियो । सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपती सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
अहिले बालाजी र लक्ष्मीपती सुनचाँदी पसललाई शील गरी अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए ।
सुन सहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)