Logo शनिवार, श्रावण १६ गते २०८३
images

नमस्ते नेपाल रूपन्देहीमा ९० जना नयाँ सदस्य थप,स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

नमस्ते नेपाल रूपन्देहीमा ९० जना नयाँ सदस्य थप,स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

  • 2.2K
    SHARES

  • नमस्ते नेपाल रूपन्देहीमा ९० जना नयाँ सदस्य थप,स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

    बुटवल,असार १७ ।

    नमस्ते नेपाल रूपन्देहीमा ९० जना नयाँ सदस्य जोडिएका छन । झण्डै १ साताको निम्ति खुलेको सदस्यता फारम मार्फत जम्मा ९० जना नयाँ सदस्य जोडिएका हुन ।

    सामाजिक कार्यमा अग्रसर संस्थामा जोडिएका नव आगन्तुक सदस्यहरूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष मनिस भुसालको अध्यक्षता रहेको थियो ।

     कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अर्जुन खरेल, संस्थापक उपाध्यक्ष दिपेन कंडेल, नेपाल स्वयंसेवि रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्री, युवा समाजसेवि भरत जंग क्षेत्रीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा संस्थाका नव आगन्तुक सदस्यहरूलाई टिका लगाएर स्वागत गरिएको थियो भने संस्थापक अध्यक्ष खरेलद्वारा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष खरेलले लगाएका टिका राष्ट्र र समाज प्रतिको जिम्मेवारीको प्रतिक रहेको बताए ।

    यस्तै, कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनिष भुसालले संस्थालाई थप उचाईमा पुराउन छिट्टै देशका सातै ओटा प्रदेशमा शाखा विस्तार गर्ने बताए । झण्डै १५० जनाको उपस्थितिको अनुमान गरिएको उक्त कार्यक्रमममा वर्षाका कारण झण्डै १२० जनाको उपस्थिति रहेको थियो ।

    संस्थाका सचिव सन्दिप पौडेल क्षेत्रीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका प्रवक्ता प्रशान्त ज्ञवालीले स्वागत गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology