Logo बुधवार, श्रावण १३ गते २०८३
images

कानुनको परिधिभित्र रहेर काम गर्न जनप्रतिनिधीहरुलाई काँग्रेस सहमहामन्त्री परियारको आग्रह

कानुनको परिधिभित्र रहेर काम गर्न जनप्रतिनिधीहरुलाई काँग्रेस सहमहामन्त्री परियारको आग्रह

  • 1.7K
    SHARES

  • कानुनको परिधिभित्र रहेर काम गर्न जनप्रतिनिधीहरुलाई  काँग्रेस सहमहामन्त्री परियारको आग्रह

    बुटवल,असार १६ ।

    नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री जीवन परियारले पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले जनप्रतिनीधिहरुलाई पार्टीप्रति जवाफदेही बन्न पनि आग्रह गर्नुभयो ।
    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले शनिबार बुटवलमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सहमहामन्त्री परियारले अहिले भएका कामको दशौं वर्षपछि पनि उत्खनन् हुन सक्ने भन्दै ऐन, कानुन, बिधि र पद्धतीको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभएको हो ।

    त्यस्तै पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुले गरेका राम्रा कामको प्रचार प्रसार गर्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीका केन्द्रीय नेतादेखि कार्यकर्तासम्मले अनुशासनको पालना नगर्दा अराजकता पनि बढ्दै गएको बताउँदै उहाँले पार्टीलाई एउटा विधि र पद्धतीमा अगाडि बढाउनु पर्ने भनाई राख्नुभयो ।

    पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउनको लागि आफूसमेत सम्मिलित समितिले आन्तरिक मर्यादाक्रम बनाएर पार्टीमा बुझाएको जानकारी गराउँदै त्यसलाई चाडो भन्दा चाडो छलफल गरेर टुंगो लगाउनु पर्ने भनाई राख्नुभयो ।jeevan pariyar.jpg

    लामो समयदेखि पार्टीको केन्द्रीय समितिको बैठक बस्न नसकेका कारण धेरै कुराहरु थाती रहेको पनि उहाँको भनाई छ । त्यस्तै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीका भातृ संगठनहरुमा देखिएको विवाद तत्काल समाधान गर्न केन्द्रीय समितिलाई आग्रह गर्नुभएको छ । उहाँले भातृ संगठनहरुको विवादले पार्टीमा समेत समस्या भएको बताउँदै समस्या समाधानको लागि गम्भिर बन्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्नुभयो ।

    त्यस्तै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधी र पार्टीका नेता कार्यकर्तालाई एक आपसमा समन्वय गर्न र सहयोग हुनेगरी गतिबिधि सञ्चालन गर्न आग्रह गर्नुभयो । 
    नेपाली काँग्रेस क्षेत्र नं २ रुपन्देहीका कार्यवाहक सभापति पर्शुराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठ, कोषाध्यक्ष प्रकाश राना, सहमहामन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, प्रदेश सभा सदस्य जमुना ढकाल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य दीर्घबहादुर केसी, रामबहादुर कार्की, बालकुमारी भण्डारी, रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, बुटवल नगर सभापति तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्षेत्रीय उपसभापति खड्गबहादुर महत, सचिव विमलराज भट्टराई, कोषाध्यक्ष हिमाल गैरे लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology