Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

भैरहवामा पत्रकारका छोराछोरीहरुलाई निःशुल्क पढाउने सम्झौता

भैरहवामा पत्रकारका छोराछोरीहरुलाई निःशुल्क पढाउने सम्झौता

  • 3.0K
    SHARES

  • भैरहवामा पत्रकारका छोराछोरीहरुलाई निःशुल्क पढाउने सम्झौता

    भैरहवा, असार १६ ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगरले लुम्बिनी प्रेस क्लब, रुपन्देहीमा आबद्ध पत्रकारका छोराछोरीहरुलाई निःशुल्क रुपमा पढाउने भएको छ । प्याब्सन सिद्धार्थनगर र लुम्बिनी प्रेस क्लबबीच शुक्रबार यस विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    प्याब्सन सिद्धार्थनगर अध्यक्ष गोकुल पोखरेलले नगरमा प्याब्सनमा रहेका एक विद्यालयमा क्लबका सदस्यको एक छोरा वा छोरीलाई भर्ना शुल्कको साथै मासिक शुल्कमा शतप्रतिशत छुट दिने जानकारी दिए । उनले यो सुविधा क्लबमा आवद्ध रहेका सदस्यहरुका छोराछोरीको लागि मात्र रहेको जनाए । शिक्षा क्षेत्रको विकासको लागि तथा संस्थागत उत्तरदायित्व अन्तरगत यस्तो समझदारी भएको पोखरेलले बताए ।

    लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले प्याब्सनको यो निर्णयले पत्रकाहरुको आर्थिक बोझ केही हदसम्म भए पनि कम गर्ने बताइन् । तत्कालको लागि भैरहवाको लागि मात्र भए पनि क्लबमा आवद्ध अन्य क्षेत्रका पत्रकारका लागि पनि यो सुविधा थपिदै जाने उनले बताइन् । क्लबले प्याब्सनसँग सम्झौता गरे पनि समाचारको लागि भने कुनै सम्झौता नगर्ने बताईन । उनले पत्रकारको काम भनेकै सूचना दिने रहेको कारण यस क्षेत्रका विद्यालयहरुको सकारात्मक कामलाई सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

    भैरहवामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गाना, पूर्वअध्यक्ष दिपेश पछाई, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, प्याब्सन लुम्बिनी प्रदेश सह–कोषाध्यक्ष महेश भुर्तेल, प्याब्सन सिद्धार्थनगरका सचिव राजेन्द्र घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ १६ २०८००६:०७:२५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology