बुटवल,असार १४ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा न ६ डिहुलीका स्थानीयलाइ सुपानेट झुल बितरण गरिएको छ । वडा कार्यालयको आयोजना तथा वीर फाउन्डेसन नेपाल र नमस्ते बालबचाउ नेपालको ब्यबस्थापनमा वडाभित्र रहेका ६ सय जनालाइ एक एक थानका दरले झुल बितरण शुरु गरिएको हो ।
तीनदिनसम्म हुने कार्यक्रममा ६ सय थान झुल बितरण गरिने वडानम्बर ६ का वडाध्यक्ष तौलन केवटले जानकारी दिनुभयो ।
उहाँले गर्मीका कारण लामखुट्टे मार्फत् मानिसहरुमा अनेक प्रकारका रोग समेत लाग्न सक्ने भएकाले उनीहरुलाइ ती रोगहरुबाट बचाँउन सुपानेट झुल बितरण गरिएको बताउनुभयो । सो कार्यक्रमका लागि ५ लाख बजेटमा ब्यबस्थापन गरिएको थियो ।
सरकारी तथ्यांकमा आधारित रहेर वडाभित्र रहेका जेष्ठ नागरिक ,एकल र बिधवा महिलाहरुलाइ नागरिकताको आधारमा झुल बितरण गरिएको वडा नम्बर ६ का वडासचिव घनश्याम यादवले जानकारी दिनुभयो ।
स्थानीयलाइ वडाध्यक्ष तौलन केवट, वीर फाउन्डेसनका अध्यक्ष बिजया खत्री ,नमस्ते बालबचाउ नेपालका अध्यक्ष जगन्नाथ बस्याल,भिम अस्पताल बिकास समितिका सदस्य लक्ष्मी केसी,जनप्रतिनिधिहरु रामबहादुर चाहिँ,प्रमोदकुमार मिश्र,सावित्री हरिजन,सुघरमति अहिर लगायतले झुल झुल बितरण गर्नुभएको हो । 
स्थानीय ७६ बर्षिय रामलौटन अहिरले झुल पाएपछि खुशी लागेको बताउनुभयो । उहाँले गर्मीमा सर्पको पनि धेरै डर हुने भन्दै झुल लगाएर सुतेपछि सर्पको टोकाइबाट बचिने बताउनुभयो । यो पालिकाको सबैभन्दा ठुलो वडा समेत हो भने यहाँ करिब १० हजार जनसंख्या रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)