Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सिद्धार्थ इन्टरनेशनल कलेजका ५ जना विद्यार्थीको नतिजा सर्वोत्कृष्ट,पोखरा विश्वविद्यालय टपेको दाबी

सिद्धार्थ इन्टरनेशनल कलेजका ५ जना विद्यार्थीको नतिजा सर्वोत्कृष्ट,पोखरा विश्वविद्यालय टपेको दाबी

  • 1.9K
    SHARES

  • सिद्धार्थ इन्टरनेशनल कलेजका ५ जना विद्यार्थीको नतिजा सर्वोत्कृष्ट,पोखरा विश्वविद्यालय टपेको दाबी

    बुटवल,असार १२ ।

    बुटवल–९ राजमार्ग चौराहास्थित सिद्धार्थ इन्टरनेशनल कलेजमा अध्ययनरत ५ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजासहित पोखरा विश्वविद्यालय टप गरेका छन् ।

    गएको चैत्र महिनामा सञ्चालन भएको व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको परिक्षामा  सहभागि भएका विद्यार्थीमध्ये ५ जनाले सर्वोत्कृष्ट नतिजासहित  पोखरा विश्वविद्यालय टप गरेको कलेजका प्राचार्य दीपक भण्डारीले जानकारी दिनुभयो । अन्य विद्यार्थीहरुको समग्र नतिजा पनि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यस क्षेत्रकै उत्कृष्ट रहेको उहाँले जानकारी गराउनुभयो । 

    विश्वविद्यालय टप गर्न सफल भएका विद्यार्थीहरुमा प्रतिभा पाण्डे, शान्ति डुम्रे, निकिता पाठक, विनिता भट्टराई र करुणा चौधरी रहेका छन् । सन् २००९ मा स्थापना भएको यस कलेजमा हाल व्यवस्थापन संकाय अन्तर्गत बिबिए र  बिबिए (बैंकिङ्ग एण्ड इन्सुरेन्स) अध्यापन हुँदै आएको छ ।

    यहाँ अध्ययन गरेका विद्यार्थीहरु बैंक तथा वित्तिय संघ संस्थाहरुमा आफ्नो छुट्टै पहिचान बनाई माथिल्लो तहमा काम गरीरहेका छन् भने केहिले उद्यमशीलताको क्षेत्रमा विशिष्ट योगदान दिइरहेका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा हाल ३ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology