Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सेजनद्वारा संचालित २ दिने आधारभूत पत्रकारिता तालिम समापन

सेजनद्वारा संचालित २ दिने आधारभूत पत्रकारिता तालिम समापन

  • 2.0K
    SHARES

  • सेजनद्वारा संचालित २ दिने आधारभूत पत्रकारिता तालिम समापन

    बुटवल,मंसिर २१-

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आयोजनामा भएको २ दिने आधारभूत  पत्रकारिता तालिम समापन भएको छ ।  लुम्बिनी प्रदेशमा रहेका नयाँपुस्ताका महिला पत्रकारहरुलाइ लक्षित गरेर संचालन गरिएको तालिममा १२ जिल्लाका २३ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

    तालिममा नेपाल आर्थिक  पत्रकार समाज  सेजनका केन्द्रिय  अध्यक्ष भीम गौतम,नयाँ पत्रिकाका जनार्दन बराल,आर्थिक अभियानका टिपी भुषाल,संचारिका समुहका पूर्व अध्यक्ष बविता बस्नेत,नागरिक दैनिकका कमल अर्याल,रेखा भुषाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

    समापन समाराेहमा सेजन उपाध्यक्षा सरु ढकाल,पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरु गाैतम लगायतले बाेल्नुभएकाे थियाे ।

    सो तालिम  संयुक्त  राष्ट्र संघीय बिकास  कार्यक्रम  युएनडिपी र अन्तराष्ट्रिय वित्त निगमको  सहकार्यमा भएको सेजनका महासचिव सुजन ओलीले बताउनुभयो ।

    यसअघि शनिबार तालिमको उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि  तथा सहकारी मन्त्री आरती  पौडेलले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको अवस्थामा पनि  महिला पत्रकारहरुको क्षमता विकास सम्बन्धी यो आधारभूत  पत्रकारिता तालिम आयोजना गरेकोमा नेपाल आर्थिक पत्रकार समाजलाई धन्यवाद दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology