Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति समाज रुपन्देहीद्वारा लागू औषध दुर्ब्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम

शान्ति समाज रुपन्देहीद्वारा लागू औषध दुर्ब्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम

  • 5.6K
    SHARES

  • शान्ति समाज रुपन्देहीद्वारा लागू औषध दुर्ब्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम

    बुटवल,असार ११ ।

    मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले लागू औषध दुर्ब्यसन बिरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा सचेतनामुलक कार्यक्रम गरेको छ । बुटवल ८ मा रहेको अक्सफोर्ड माध्यमिक बिद्यालयमा कक्षाा १० मा अध्ययनरत बिद्यार्थीहरुलाइ सहभागि गराएर कार्यक्रम गरिएको हो ।

    उनीहरुलाइ शान्ति समाजका केन्द्रिय सल्लाहकार गोबिन्द खनालले सहजीकरण गर्नुभयो । सो अबसरमा बोल्दै खनालले लागू औषध दुर्ब्यसनले युवाहरूको जीवन मात्र नभइ समग्र राष्ट्र तथा विश्व मानव समुदायकै भबिष्य अन्धकार तर्फ डोर्याएको बताउनुभयो ।sant.jpg

    उहाँले  बिश्वब्यापी रुपमा युवाहरु माझ कहालीलाग्दो गरि फुसको आगो जस्तै भित्र भित्रै फैलिरहेको उल्लेख गर्नुभयो । खनालले लागू औषध दुर्ब्यसनको डरलाग्दो भुमरिबाट मानव सभ्यतालाई बचाउन आज युवाबर्ग, अभिभावकबर्ग, बिद्यालय, कलेज, समुदाय, संस्था, राजनीति दल, सरकार, राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले साझा संकल्प गर्न अपरिहार्य भएको बताउनुभयो ।

    समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराइ (कृष्ण )को अध्यक्षता तथा सचिव कृष्ण पाण्डेको स‌ंचालनमा भएको सो कार्यक्रममा अक्सफोर्ड माबिका प्राचार्य दिनेश भुसाल,शान्ति समाजका रुपन्देही उपसभापति कपिल ज्ञवाली,सहसचिव सीता पौडेल,सदस्य रत्ना कडेँल,केशब पाण्डे लगायतले बोलेका थिए । सो अवसरमा सहभागि सबैलाई समाजको अवधारणा पत्र समेत बितरण गरिएको थियो ।samaj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology