Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लायन्स बुटवल युथद्वारा तिलोत्तमा माबिमा बिद्युतीय सामाग्री प्रदान

लायन्स बुटवल युथद्वारा तिलोत्तमा माबिमा बिद्युतीय सामाग्री प्रदान

  • 966
    SHARES

  • लायन्स बुटवल युथद्वारा तिलोत्तमा माबिमा बिद्युतीय सामाग्री प्रदान

    बुटवल ,असार ११ ।

    लायन्स क्लव अफ बुटवल युथले तिलोत्तमा माबि बुटवल ६ मा बिद्युतीय सामाग्री प्रदान गरेको छ ।क्लवले सोमबार कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका वडा नं ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालयलाई ८ थान पंखा प्रदान गरेको हो ।

    क्लवले प्रदान गरेको पंखा विद्यालयलाई हस्तान्तरण गर्दै लायन्स डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजूले बुटवलको बिच भागमा रहेर पनि विद्यालयको स्तरोन्नती हुन नसक्नु सबैको लागि दुःखको कुरा भएको बताउनुभयो । उहाँले विद्यालयलाई अगाडि बढाउनको लागि विद्यालय व्यवस्थापन समितिले राम्रो योजना बनाउनु र विद्यालयको स्तरोन्नतीमा सघाउन लायन्स क्लवहरुलाई हातेमालो गर्न पनि आग्रह गर्नुभयो ।

    त्यस्तै बुटवल वडा नं ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले आर्थिक स्थिती कमजोर भएका परिवारका बालबालिकाले पढ्ने उक्त विद्यालयको अवस्था सुधार गर्नको लागि सबैको साथ सहयोग आवश्यक पर्ने भनाई राख्नुभयो । क्लवले दिएका पंखा ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद ज्ञवालीले विद्यालयमा अति आवश्यक भएको पंखा उपलब्ध गराएकोमा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    उहाँले विद्यालयको आयस्रोत पनि कमजोर रहेको र पंखा नहुँदा साना बालबालिकाले अत्यधिक गर्मिको सामना गर्न बाध्य भएको बताउँदै क्लवको यो सहयोगले केही भएपनि राहत मिल्ने भनाई राख्नुभयो ।

    त्यस्तै क्लवका अध्यक्ष विष्णु काफ्लेले विद्यालयको अवस्था र पंखाको अभावमा साना बालबालिकाले भोग्नु परेको दुःखलाई मध्येनजर गरेर विद्यालयलाई पंखा प्रदान गरिएको बताउनु भयो । अवका दिनमा पनि क्लवले विद्यालयलाई आवश्यकता अनुसार सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    faan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ ११ २०८००६:०६:५५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology