Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

इडीएफ एड्मिसन्सले बुटवलमा ‘स्टडी ईन क्यानडा फिजिकल इन्फो सिजन’ कार्यक्रम गर्दै

इडीएफ एड्मिसन्सले बुटवलमा ‘स्टडी ईन क्यानडा फिजिकल इन्फो सिजन’ कार्यक्रम गर्दै

  • 2.1K
    SHARES

  • इडीएफ एड्मिसन्सले बुटवलमा ‘स्टडी ईन क्यानडा फिजिकल इन्फो सिजन’ कार्यक्रम गर्दै

    बुटवल,असार १० ।

    क्यानडा, अष्ट्रेलिया र युकेमा अध्ययनमा जाने विद्यार्थीलाई लक्षित गरेर सञ्चालित एजुकेशन कन्सल्टेन्सी इडिएफ एड्मिसन्सले बुटवलमा ‘स्टडी ईन क्यानडा फिजिकल इन्फो सिजन’ कार्यक्रम गर्ने भएको छ ।

    क्यानडा स्थित विश्वविद्यालयको प्रतिनिधीलाई ल्याएर विद्यार्थीलाई प्रत्येक्ष रुपमा परामर्श गर्न लागिएको इडिएफ एड्मिसन्स बुटवल शाखाका प्रवन्ध निर्देशक विनोद घिमिरेले जानकारी गराउनु भयो ।

    यहि असार १३ गते गर्न लागिएको यो कार्यक्रममा क्यानडा स्थित लेकेड विश्वविद्यालयकी रिप्रिजेन्टेटिभ साउथ एसिया रिजनल रिक्रुईटमेन्ट एड्भाईजर गरिमा नराङ गुप्ता आउनु हुनेछ । एजुकेशन कन्सल्टेन्सी इडिएफ एड्मिसन्सको बुटवल मिलनचोक स्थित शाखा कार्यालयमा हुने यो कार्यक्रममा उक्त विश्वविद्यालयकी प्रतिनिधी गुप्ताले क्यानडा जान चोहका विद्यार्थीलाई प्रत्यक्ष भेटेर परामर्श गर्नुहुनेछ ।

    शाखाका प्रवन्ध निर्देशक घिमिरेका अनुसार यस्तै कार्यक्रम १२ गते काठमाण्डौमा हुनेछ। इडिएफ एड्मिसन्सले यस क्षेत्रबाट    अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युके जान चाहने विद्यार्थीलाई लक्षित गरेर हालै बुटवलमा शाखा कार्यालय सञ्चालनमा ल्याईएको हो ।

    यसले अमेरिका, क्यानडा, अष्ट्रेलिया र युकेका २ सय भन्दा धैरै कलेज तथा विश्वविद्यालयसंग सहकार्य गरेको र ती विश्वविद्यालय तथा कलेजका प्रतिनीधिलाई ल्याएर विद्यार्थीले त्यहाको बारेमा प्रत्येक्ष जानकारी लिनेगरी नियमित कार्यक्रम हुने पनि शाखा प्रवन्धक घिमिरेले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ १० २०८०१०:०६:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology