Logo बिहिवार, आश्विन १ गते २०८३
images

सियारीले ल्यायो नीति तथा कार्यक्रम : बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने

सियारीले ल्यायो नीति तथा कार्यक्रम : बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने

  • 1.4K
    SHARES

  • सियारीले ल्यायो नीति तथा कार्यक्रम : बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने

    भैरहवा,असार ९ ।  

    रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

    १६४ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान बहुआयमिक गरीबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै ‘कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी : समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी’ निर्माण गर्ने दीर्घकालिन सोच उल्लेख गरिएको छ ।

    कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै ‘व्यवसायिक कृषि पेशा अबलम्वन गरौं, आत्मनिर्भर बनौं” भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

    अध्यक्ष घिमिरेले सियारीले दुध उत्पादन, माछा तथा मकै खेतिमा शुरु गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै थप कृषि तथा पशुजन्य उत्पादनमा कार्यक्रमलाई बिस्तार गरिने बताए । उनले आर्थिक बर्ष २०८०-०८१ मा गाउँपालिकालाई खाद्यान्न, दुध, माछामासु, बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।siyari  gaupalika.jpg

    कृषि पर्यटनको गन्तव्य स्थलको रुपमा सियारीलाई विकास गरिने र नदी तथा वनक्षेत्र, धार्मिक क्षेत्र, पार्क निर्माणको माध्यमबाट पर्यटन विकास गरी आयआर्जन र रोजगारीको श्रृजना गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
    त्यस्तै मत्स्य जोनलाई प्रभावकारी परिचालन र छपियाको माछाको ब्यापक प्रचार र सु–व्यवस्थामार्फत मत्स्य पर्यटन प्रवद्र्धन गरिने उनले बताए ।

    गाउँपालिकाभित्र छाडा चौपायको व्यवस्थापन गरी कृषकहरुको खेतीपातीको सुरक्षा गर्न सञ्चालनमा ल्याइएको रामजानकी गौशालालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक श्रोतसाधन व्यवस्थापनका लागि सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सियारी गौरवको एक मात्र योजना सियारी पर्यटन कोरिडोरलाई अन्तर सरकार समन्वय तथा सहकार्य मार्फत कार्यान्वयनमा लगिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology