Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नवलपरासीमा एकहप्ते सौन्दर्य कार्यशाला सम्पन्न

नवलपरासीमा एकहप्ते सौन्दर्य कार्यशाला सम्पन्न

  • 1.2K
    SHARES

  • नवलपरासीमा एकहप्ते सौन्दर्य कार्यशाला सम्पन्न

    बुटवल,असार ९ ।  

    नवलपरासीमा एकहप्ते सौन्दर्य कार्यशाला सम्पन्न भएको छ । सौन्दर्य कलामा लागेकाहरुलाई थप ब्यवसायिक बनाउनका लागि पेशेवर सौन्दर्य कार्यशालाको आयोजना गरिएको टिम्बर होम नेपाल प्रालिका संचालक पुकार शर्माले बताउनुभयो ।

    एक हप्ते पेशेवर सौन्दर्य कार्यशालामा सौन्दर्य विशेषज्ञ गीता शर्मा,भारतको नयाँ दिल्लीका हेयर एक्सपोर्ट विनय कुमार,आइसीएएल इन्स्टिच्युट इन्डियाका स्मिता शर्माले सौन्दर्य कार्यशालाका वारेका अभ्यासगत रुपमा  सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको संचालन टिम्बर होम नेपालका प्रबन्ध निर्देशक पुकार शर्मा र सुदीप ढकालले गर्नु भएको थियो ।

    गोष्ठीमा रूस हेयर स्टाइल, माइक्रो ब्लाइडिंग तथा आईलिफ्टिंग , नेल आर्ट लगाएतका पेशेवर सौन्दर्यका वारेमा जानकारी प्रदान गरीएको थियो ।

    १ सय बढीको सहभागिता रहेको उक्त गोष्ठी जेष्ठ १ देखि ८ गते सम्म नवलपरासीको बर्दघाट–७ मा रहेको त्रिवेणी रिसोर्ट एण्ड फनपार्कमा संचालन भएको थियो ।

    त्यसैगरी रूपन्देही बिश्राम बाटिका रिसोर्ट र मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरमा र फेशन ब्युटी पार्लर एण्ड ट्रेनिङद्वारा रुपन्देहीको पौवा होटल जोगीकुटीमा गोष्ठी सञ्चालन गरीएको सौन्दर्य विशेषज्ञ गीता शर्माले जानकारी दिनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology