Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रहेनन् कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामा

रहेनन् कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामा

  • 843
    SHARES

  • रहेनन् कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामा

    सिन्धुपाल्चोक,असार ९ ।

    नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ।लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२:४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर तामाङले जानकारी दिए। 

    कांग्रेसमा सादगी नेताको रुपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए। लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनभर काठमाडौँ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।

    लामाको दुई छोरा र चार छोरी छन्। विद्यार्थीकाल देखिनै कांग्रेसको राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामा १३ औँ महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए। उनी दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए। रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology