Logo बिहिवार, आश्विन १ गते २०८३
images

कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का सवार स्कार्पियो दुर्घटना ४ जना घाइते

कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का सवार स्कार्पियो दुर्घटना ४ जना घाइते

  • 909
    SHARES

  • कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का सवार स्कार्पियो दुर्घटना ४ जना घाइते

    वीरेन्द्रनगर,असार ९ ।

    कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार जीप दुर्घटना भएको छ। खड्काको गृहजिल्ला रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा प्रदेश ०२-००१ झ ००४४ नम्बरको जीप दुर्घटना भएको हो।

    दुर्घटनामा परेर सभापति खड्काको बाँया खुट्टामा चोट लागेको छ।उक्त दुर्घटनामा चौरजहारी–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, सभापति खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरी घाइते भएका छन्। उनीहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ।

    गाडीमा नौं जना सवार भएको बुझिएको छ।अन्य सबैको अवस्था सामान्य रहेको बताइएको छ। त्रिवेणी गाउँपालिकामा आईतबार हुने गाउँसभामा सहभागी हुन सभापति खड्का रुकुम पुगेकी थिइन्। गाडीको स्टेरिङ अकस्मात् घुमेपछि अनियन्त्रित भई पल्टिएको चालक गिरीले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology