बुटवल,असार ९ ।
सुब्बेनी आमा रतनवाई खाती प्रतिष्ठानका संस्थापक एवम् साहित्यकार अजम्बरध्वज खातीलाइ पत्नी शाेक परेको छ ।उहाँकी श्रीमती कल्पना खातीको निधन भएको हाे ।
बिहीबार सॉझ लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा कल्पना खातीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।८४ वर्षीय स्व. कल्पना खाती श्रीमान् साहित्यकार अजम्बरध्वज खाती, छोरा सन्जु खाती, बुहारी र दुई नातिनीका साथ बुटवल राममन्दिर लाइनमा बस्नुहुन्थ्यो । उहॉका दुई छोरीहरू छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)