बुटवल,असार ९ ।
‘हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मुल नाराका साथ बुटवलमा प्रथम गौरव यात्रा मनाइएको छ । लैगिंङ्ग तथा अल्पसंख्यक समुदायको सहभागीतामा बुटवलमा हाम्रो सस्कृती हाम्रो पहिचान भन्ने नारा सहित पञ्चे बाजा सहित गौरव यात्रा मनाइएको हो ।
बुटवलको ट्राफिक चौक बाट विभिन्न भेषभुषामा सजिएर लैंगीक अल्पसंख्यक तथा तेस्रो लिंगी समुदायका व्याक्तिहरुको सहभागीतामा राजमार्ग चौराहासम्म र्याली निकालिएको हो ।
शाहसी कदम नेपाल रुपन्देहीको आयोजना तथा कोकाकोला फाउडेसनको सहयोगमा र्याली आयोजना गरिएको तेस्रो लिंगी अभियान्ता आनीक राना मगरले जानकारी दिईन ।
यसैविच भैरहवामा पनि एक्लोलाई साहरा दिने वृक्ष रुपन्देहीको आयोजना र निलहिरा समाज नेपालको सहयोगमा लुम्बिनी गौरव यात्रा मनाइएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)