बुटवल,असार ८ ।
बुटवलमा सञ्चालित वेस्टर्न मेगा कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई नेतृत्व विकास सम्बन्धि प्रशिक्षण गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेको उक्त कलेजमा बि.एच.एम. अध्ययन गर्ने वर्ष २०२३ का बिद्यार्थीको नेतृत्वमा विद्यार्थीलाई नेतृत्व विकास सम्बन्धि प्रशिक्षण गरिएको हो ।
नेपालकै पहिलो स्कुटल यस वेस्टर्न मेगा कलेजले वर्ष २०२३ बि.एच.एम बिभिन्न सेमेस्टरमा अध्ययनरत बिद्यार्थीहरुको नेतृत्व क्षमता तथा व्यक्तित्व बिकास गर्ने उद्देश्यले लिडरशिप ईन हस्पिटालिटि ईन्डष्ट्रि विषयमा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा होमउड स्वीटस् वाई हिलटन वासिङ्टन डिसि युएसएका सहायक महाप्रवन्धक रकिन्द्रबाबु पराजुलीले प्रशिक्षण गर्नुभएको थियो । काठमाण्डौका पराजुली हाल अमेरिकामा हुनुहुन्छ ।
त्यस अवसरमा उहाँले विद्यार्थीको शैक्षिक स्तरोन्नती र एक सक्षम लिडर बन्न आवश्यक सीप विकासका लागि पहल गर्नुपर्नेमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले सक्षम लिडर बन्नको लागि हार्ड स्किल र सफ्ट स्किल आवश्यक हुने औंल्याउँदै त्यसलाई कसरी बढाउन सकिन्छ स्वयम विद्यार्थीले ध्यान दिनुपर्ने बताउनु भयो । यसले विद्यार्थीलाई कुशल लिडर बनाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा विक्न सक्ने सक्षम होटल व्यवस्थापक बन्न सक्ने उहाँको भनाई छ । उक्त प्रशिक्षणमा १५० विद्यार्थी सहभागि भएका थिए । कार्यक्रम कलेजका अतिरिक्त क्रियाकलाप संयोजक सौगात लामिछानेको संयोजनमा भएको थियो ।
होमउड स्वीटस् वाई हिलटन वासिङ्टन डिसि युएसएका सहायक महाप्रवन्धक पराजुलीलाई वेस्टर्न मेगा कलेजले भिजिटिङ प्राध्यापकको रुपमा आवद्ध गराएको छ । वेष्टर्न मेगा कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले आगामी दिनमा प्रत्यक्ष वा अनलाईन माध्यमबाट वेष्टर्नका कक्षा पराजुलीले लिनु हुने र त्यसको प्रत्यक्ष लाभ विद्यार्थीले पाउने जानकारी गराउनु भयो ।
वेस्टर्न मेगामा रक्तदान :

बुटवलको वेस्टर्न मेगा कलेजमा रक्तदान गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेको नेपालकै पहिलो स्कुटल वेस्टर्न मेगा कलेजमा शुक्रबार एक कार्यक्रमका बिच रक्तदान गरिएको हो ।
रुपन्देही सहित देशभर देखिएको रगतको अभावलाई थोरै भएपनि परिपुर्ती गर्नको लागि सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम गरिएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले जानकारी गराउनु भयो । उहाँका अनुसार कलेजले नैतिक र समाजिक उत्तरदायित्व अनुरुप बिद्यार्थीको पठनपाठन सहित समाजिक उतरदायित्वका कार्यहरुलाई समानान्तर रुपमा लैजाने निति लिईएको छ ।
कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी लगायत आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारी समेत गरी ३५ जनाले रक्तदान गरिएको कार्यक्रम संयोजक, कलेजका अतिरिक्त क्रियाकलाप संयोजक सौगात लामिछानेले जानकारी गराउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)