Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूरूक्षेत्रको नीति तथा कार्यक्रम : हरियाली प्रवर्द्धन गरिने,पर्यावरण जोगाउन १०८ वटा पोखरी खनिने

रूरूक्षेत्रको नीति तथा कार्यक्रम : हरियाली प्रवर्द्धन गरिने,पर्यावरण जोगाउन १०८ वटा पोखरी खनिने

  • 3.5K
    SHARES

  • रूरूक्षेत्रको नीति तथा कार्यक्रम : हरियाली प्रवर्द्धन गरिने,पर्यावरण जोगाउन १०८ वटा पोखरी खनिने

    गुल्मी,असार ८ ।

    गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । खानेपानीको मुहान संरक्षण गर्न र पर्यावरण जोगाउन १ सय ८ वटा पोखरी, १ हजार ८ वटा पिपलका वृक्ष रोपिने रूरूक्षेत्र गाउँपालिकाकमा अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभएको हो  ।

    गाउँ सभाको १४ औं अधिवेसनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले सो कुरा उल्लेख गर्नुभयो ।

    ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकाको धार्मिक महत्व झल्काउन र धार्मिक पर्यटक भित्र्याउन बिधालय, टोल बिकास समिती आमासमुह, युवा क्लब, सहकारी,बैंकिङ क्षेत्र तथा निजि संघ सस्था संगको सहकार्यमा आगामी ४ बर्ष भित्र गाउँपालिका भित्रका सार्वजनिक स्थानमा १ सय ८ पोखरी र १ हजार ८ पिपलका बिरुवाहरु लगाईने उल्लेख गर्नुभयो । वहाँले आगामी आर्थिक बर्षमा कम्तीमा ३० वटा पोखरी, र २ सय ५० पिपलका रुखहरु रोप्ने उल्लेख गर्नुभयो ।

    पुर्खाहरुले खनेका पोखरी पुर्ने र ठुलाठुला पिपलका बोटहरु बिकास निर्माणका क्रममा काटिरहेको सन्दर्भमा गाउँपालिकाले पानीको मुहान संरक्षण गर्दै पर्यावरण जोगाउन यस्तो नीति ल्याईएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

    गाउँपालिकाले आगामी आर्थिक बर्षमा कालोपत्रे भैसकेका सडकको दायाँ बायाँ किनारमा हरियाली प्रवर्द्धन गर्न आवस्यकता अनुसार फलफुल र अन्य सौन्दर्य बढाउने रुखबिरुवाहरु समेत रोप्ने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology