Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा ‘बागेश्वरी आईडल २०८०’ सम्पन्न

बुटवलमा ‘बागेश्वरी आईडल २०८०’ सम्पन्न

  • 1.5K
    SHARES

  • बुटवलमा ‘बागेश्वरी आईडल २०८०’ सम्पन्न

    बुटवल ,असार ६।

    बुटवलमा रहेको बागेश्वरी कला तथा  संगित तथा  एकेडमी को आयोजानमा ‘बागेश्वरी आईडल २०८०’ भएको छ । नृत्य तथा गायन विधामा छानिएर आएका प्रतिष्र्धीहरुको  सहभागीतमा आईडल गरिएको हो ।

    आईडलको बुधवार फाईनल भएको छ । जसमा गायन विधा तर्फ कुशल आचार्य प्रथम भएका छन् । भने फष्ट रनरअपमा आभास काफ्ले, सेकेण्ड रनरपमा सुरज खाती भएका हुन ।यस्तै नृत्य विधा तर्फ आरोही काउचा प्रथम भईन । यस्तै दोस्रो स्थानमा रमेश मगर र तेस्रो स्थानमा विश्वास थापा भए । उनीहरुलाई बागेश्वरी संगीतालयका अध्यक्ष तथा सञ्चालक लालिमा श्रेष्ठ र पुर्व मन्त्री तथा लुम्बिनी प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पुरस्कार प्रदान गरे ।

    कार्यक्रममा बोल्दै पुर्व मन्त्री श्रेष्ठले बागेश्वरी संगीतालयले बुटवलमा विगत लामो समय देखि नै संगी, नृत्य विधा सहित बाध्यबाधनमा समेत राम्रो नतिजा ल्याएको बताउँदै यहाँको उत्पादनले देश विदेशमा समेत राम्रो पहिचान कायम गर्न सफल हुनु आफैमा गौरवको विषय भएको बताएका थिए ।सोही कार्यक्रममा बोल्दै संञ्चालक लालीमा

    श्रेष्ठले विगत १ बर्ष देखि आफुले नयाँ व्यवस्थापन सहित विद्यार्थीहरुको समुज्जल भविश्यको लागि काम गर्दै आएको बताईन ।बागेश्वरी आईडलको  गायन विधामा ५९ जना बाट ११ जना अन्तीम चरणमा प्रवेश गरेका थिए भने नृत्य विधमा ३४ जना सहभागीबाट २० जना अन्तीम छनौट चरणमा पुगेका थिए ।

    आईडलको गायन विधा तर्फ किशोर विक र प्रेम नेपालीले निर्णयको भूमिका निर्वाह गरेका थिए भने नृत्य विधा तर्फ कृष्ण विसी र हिमाल थापाले निर्णयको भूमिका निर्वाह गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology