Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बजेट कटौतीले बुटवलका वाइपास सडक अलपत्र,स्थानीय आन्दोलित !

बजेट कटौतीले बुटवलका वाइपास सडक अलपत्र,स्थानीय आन्दोलित !

  • 1.1K
    SHARES

  • बजेट कटौतीले बुटवलका वाइपास सडक अलपत्र,स्थानीय आन्दोलित !

    बुटवल,असार ६।

    बुटवलको धागो कारखाना–योगीकुटी हुँदै मगरघाट–तामनगर निस्कने वाइपास सडक अलपत्र हुनेगरी बजेट कटौती गरेको भन्दै स्थानीयले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

    बुटवलको योगीकुटी पूर्व र पश्चिमको सडक बनाउँदा बनाउँदै बजेट कटौती गरिएको भन्दै आइतबार पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनको घोषणा गरिएको हो । संघीय सरकारबाट बजेट बिनियोजन भई ठेक्का लागेर केही काम अगाडि बढी सकेपछि संघीय सरकारबाट योजना प्रदेशमा पठाएसँगै बन्दाबन्दैको सडक अलपत्र परेको डिल्लीनारायण पाण्डेयले बताए ।

    संघर्ष समिति नै गठन गरेर आन्दोलित भएका स्थानीयले आइतबार धुलाम्मे सडक किनारमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।बुटवल धागो कारखानाबाट योगीकुटी, मगराघाट हुँदै तामनगर निस्कने बाइपास रोड बन्ने आश्वासन पाएसँगै स्थानीयले बिना मुआब्जा करोडौंको सम्पत्ति सडकको नाममा गरिदिएका थिए ।

    बाईपास रोड भनिएकै कारण २८ वटा पक्की घर स्थानीयले आफैले फोडेका थिए भने १२८ घरधुरीले आफ्नो नाममा श्रेष्ता रहेको जग्गा सडकका नाममा गरिदिएका थिए ।  पूर्णानन्द गिरीको अध्यक्षतामा बनेको संघर्ष समितिले सडक डिभिजन कार्यालयमा काम काज गर्न नदिने गरि शान्तिपूर्ण धर्ना बस्ने संयाेजक भूमि सापकोटाले बताए । sadak butwal.jpg

    ठेक्का सम्झौता गरिसकेपछि पनि अर्थमन्त्रालयले सो सडकको बाँकी बजेट रोक्का गरिदिएसँगै ठेकेदार कम्पनीले काम रोकेको सडक डिभिजन बुटवलका प्रमुख होमराज एसीले बताउनु भयो ।  

    रुपन्देहीका ३४ र नवलपरासी पश्च्मिका ८ गरी ४२ सडक निर्माणका आयोजनाहरु अलपत्र परेका छन् । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका ४२ सडक निर्माणका आयोजनाहरु अलपत्र परेका हुन् । bato sadak.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology