Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलको मनकामना डेरीबाट ३० केजी गुणस्तरहीन सामग्री नष्ट

बुटवलको मनकामना डेरीबाट ३० केजी गुणस्तरहीन सामग्री नष्ट

  • 3.1K
    SHARES

  • बुटवलको मनकामना डेरीबाट ३० केजी गुणस्तरहीन सामग्री नष्ट

    बुटवल, असार ६।

    बुटवलको तीनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारले गुणस्तरहीन अखाद्य वस्तु मिसाएर मिठाई बनाउने गरेको पाइएको छ। 

    गुणस्तरहीन र अखाद्य वस्तु मिसाएर मिठाई बनाएको गुनासो आएपछि अनुगमनका लागि पुगेको टोलीले मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहीन बस्तु फेला परेको थियो। यसअघि पनि कारबाहीमा परेको मनकामनामा यस पटक पनि अनुगमनमा जाँदा गम्भीर लापरबाही गरेको भेटिएको छ। अनुगमन टोलीले त्यहाँबाट ठूलो परिणाममा अखाद्य वस्तु फेला पारी नष्ट गरेको छ।

    बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, डेरी व्यवयासी संघ, नगर प्रहरी र सञ्चारकर्मी सहितको टोलीले बुधबार बिहान बुटवलका विभिन्न क्षेत्रमा खुला रूपमा बिक्री वितरण भइरहेका दूधहरूको गुणस्तर र अन्य डेरीहरूको अनुगमन गरेको थियो।

    सोही क्रममा मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट अखाद्य भइसकेका करिब ३० केजी सामग्री नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए।ढुसी लागिसकेको घोटेर राखिएको कुराउनी २५ केजी, ३ केजी पनिर र ३ केजी रसवरी मिठाई अखाद्य भएकोले फिनेल हालेर नष्ट गरिएको उनले जानकारी दिए। थप कारबहीका लागि उपमहानगर कार्यालय बोलाइएको उनले बताए।

    यता सञ्चालक राधिका रिजालले भने अखाद्य भनिएका बस्तुहरू हिजो मात्रै बनाइएको भन्दै अनियमित विद्युतका कारणले गन्ध आएको हुन सक्ने बताएकी छन्। उनले अघिल्लो पटकको अनुगमनपछि धेरै नै व्यवस्थित गरेको दाबी गरिन्। 

    अनुगमनका क्रममा कालिकाचोकमा खुला रूपमा बिक्री भइरहेका दूध, तथा विभिन्न १० स्थानका दूध डेरी तथा बिक्रेताहरूसँगबाट दूधको नमुना लिएर खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाइएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख पोखरेलले बताएका छन्।

    खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले दिएको रिपोर्टअनुसार आवश्यक कारबाही प्रक्रिया बढाउने उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology