Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश स्तरिय एकल लोक गीत प्रतियोगिताकाे फाइनल भाेलि,तयारी पूरा

लुम्बिनी प्रदेश स्तरिय एकल लोक गीत प्रतियोगिताकाे फाइनल भाेलि,तयारी पूरा

  • 5.0K
    SHARES

  • लुम्बिनी प्रदेश स्तरिय एकल लोक गीत प्रतियोगिताकाे फाइनल भाेलि,तयारी पूरा

    बुटवल, असार ६।

    राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशले बुटवलमा लुम्बिनी प्रदेश स्तरिय एकल लोक गित प्रतियोगिता तथा संस्थागत प्रशिक्षण कार्यक्रमको तयारी पूरा गरेको छ ।

    बुधबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको प्रतियोगिताको तयारी पूरा भएको प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरले बताए ।

    ‘हाम्रो चाहना, लोकसंस्कृतिको जर्गेना’ नारासहित स्थापना भएको संस्थाले तेस्रो संस्कारणको फिनाले गर्न लागेको हो । यसको लागि चैतबाट विभिन्न चरणमा रहेर जिल्लास्तरबाट कलाकार छनौट भएर फिनालेमा आईपुगेको उनले बताए । पहिलो र दोस्रो संस्करण कोभिड संक्रमणको समयमा अनलाईन मार्फत जिल्लास्तरीय प्रतियोगिता गरेको उनले बताए ।

    १२ जिल्लाका १ हजार बढि सहभागीबाट छनौट भएर फिनालेमा २३ जना कलाकार प्रतिप्रधा गर्ने छन । लुकेको प्रतिभा प्रस्फुटन गराउने लक्ष्यसहित कार्यक्रम गरिएको उनले दाबी गरे ।

    उपाधि विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयासहित, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले नगद ३१, १ सय ५१ रुपैया, तृतियले नगद २१ हजार रुपैया तथा सान्त्वनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

    विजेताहरुले नेपालका चर्चित संगितकार खेम सेन्चुरीको गित गाउन पाउने छन । प्रतियोगिताको निर्णायक अम्मर बिरही गुरुङ, पुर्व अध्यक्ष गरि पाच कमिटिहरु रहेका छन । लुम्बिनी कलाकार हित कोषको घोषणा गरिने उनले बताए ।

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले मोफसलबाट निरन्तर लोकदोहरी हाम्रो संस्कार, संस्कृति जगेर्ना हुने गरि रचनात्मक कार्यक्रम हुदै आएको बताए । प्रदेशका १२ जिल्लाबाट प्रतिनिधि ल्याएर संस्थागत विकासका कार्यक्रम गरिदा धेरै फाईदा मिल्ने उनको बताए ।

    प्रतिष्ठानका केन्द्रिय सचिव दिपक गर्बुजा, केन्द्रिय सदस्य डिल्ली नारायण पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सचिव योगराज पोखरेल, संयोजक नारायण बिपी परियारले कार्यक्रमको सफलताको शुभकामना दिए । ८ गते भने हाेटल मेरिगाेल्डमा आन्तरिक प्रशिक्षण हुनेछ ।

    जहाँ प्रदेशका १ सय भन्दा बढी कलाकार सहभागि हुनेछन् । दइवटा कार्यक्रमका लागि करीब १० लाख खर्च अनुमान गरिएको संयोजक नारायण बिपी परियारले बताए ।lok.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology