बुटवल, असार ६।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले बुधबार नेपाल विद्युत प्राधिकरण कार्यालय, बुटवल वितरण केन्द्र र नयामिल वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष लेखनाथ भण्डारी, पदाधिकारीहरुले बुटवल वितरण केन्द्रका प्रमुख ई.कपिलराज पाण्डेलाई तथा नयामिल वितरण केन्द्रका प्रमुख रितेश गुप्तालाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
कार्यक्रममा अध्यक्ष लेखनाथ भण्डारीले लगातार अघोषित लोडसेडिङको कारण समस्यामा परेको दुखेसो गरे । पर्यटन ब्यवसायमा सबैभन्दा ठूलो संकटमा रहेको उनले बताए ।
कोभिड संक्रमण, आर्थिक संकटसंगै लगातार विद्युतको समस्याको कारण समस्या आईपरेको उनले दुखेसो गरे। बजारमा थ्रि फेस लाईन जडान गरेको ठाउमा समेत एक फेसमात्र आएको अवस्था रहेको छ ।
यता नेपाल विद्युत प्राधिकरण प्रालि, बुटवल वितरण केन्द्रका प्रमुख ई कपिलराज पाण्डेले कालिगण्डकीको उत्पादन कम हुदा समस्या देखिएको बताए । गर्मिको कारण अत्याधिक उपकरण प्रयोग हुदा भोल्टेजको समस्या रहेको उनको दाबी छ ।
यसैगरि रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ तिलोत्तमा शाखाको अगुवाईमा नेपाल विद्युत प्राधिकरण, नयामिल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउदै थ्रि फेस जडान गरेको विद्युत पनि सहि सेवा पाउन नसकेको उनिहरुदे दुखेसो गरे । नेपाल विद्युत प्राधिकरण, नयामिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले विद्युत वितरण प्रणालीमा केहि कठिनाई रहेको बताए ।
एकैदिन राती १२ पटकभन्दा बढि ट्रिपिङ हुने समस्या देखिएको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)