Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतमाहुने क्लव प्रतियोगिता भाग लिँदै वेष्ट्रन क्रिकेट एकेडेमीका खेलाडी

भारतमाहुने क्लव प्रतियोगिता भाग लिँदै वेष्ट्रन क्रिकेट एकेडेमीका खेलाडी

  • 3.8K
    SHARES

  • भारतमाहुने क्लव प्रतियोगिता भाग लिँदै वेष्ट्रन क्रिकेट एकेडेमीका खेलाडी

    बुटवल, असार ५।

    वेष्ट्रन क्रिकेट एकेडेमीका खेलाडीहरु भारतमा क्लब प्रतियोगिता खेल्न टुरमा निस्केका छन् । रुपन्देहीको क्रिकेट खेल विकास र युवा खेलाडी उत्पादन गर्दै आएको एकेडेमीका यु—१७ टिमलाई शनिबार एक समारोहका बिच बिदाई गरिएको हो ।

    उनीहरु भारतमा दिल्लीको एक्सेस क्रिकेट एकेडेमीको यु—१७ टिमसंग ५ एक दिवसीय तथा २ टि ट्वान्टी प्रतियोगिता खेल्ने टिमका प्रशिक्षक भुवन पाण्डेले बताए ।

    क्लबमा नियमित अभ्यास गर्दै आएको खेलाडीहरुबाट छनौट गरी टिम तयार परिएको उनले बताए । रान्जी खड्काको कप्तानीमा टिममा सुशान्त अर्याल, सन्तोष खनाल, उदय बोहरा, सुमित थापा, मुन श्रेष्ठ, पारस बिक, आशिफ खान, मोहमद सोयब, आयुष कार्की, सोबित शर्मा, दिलिप रेग्मी, सुशान्त गौतम, आयुष ठडराईसहित १४ सदस्यीय खेलाडीहरु रहेका छन् ।

    क्लबले यसअघि भारतबाट विभिन्न समयमा राष्ट्रिय टिमका पुर्व प्रशिक्षक ल्याएर खेलाडीहरुलाई तालिमहरु संचालन गर्दै आएको छ । साथै भारतमा यसअघि समेत मैत्रीपुर्ण खेल भएको थियो । विभिन्न समयमा गरिने यस्ता गतिविधिबाट खेलाडीहरुमा मनोबल र खेल क्षमताको विकास हुने उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology