Logo बिहिवार, आश्विन १ गते २०८३
images

राम विना नेपाल अधुरो : मन्त्री सुदन किराँती

राम विना नेपाल अधुरो : मन्त्री सुदन किराँती

  • 1.1K
    SHARES

  • राम विना नेपाल अधुरो :  मन्त्री सुदन किराँती

    बुटवल,असार ५ ।

    बुद्धजन्मस्थल लुम्बिनीमा शान्ति र सदभावका लागि योग अभ्यास गराइएको छ । अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नविन श्रीवास्तवको उपस्थितीमा लुम्बिनीमा शान्ति र सदभावका लागि योग दिवस मनाइएको हो ।

    लुम्बिनी विकास कोष, भारतीय राजदूताबास, पतञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्र्तराष्ट्रिय योग दिवस २०२३ लाई संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री किराँतीले सम्बोधन गरे । उनले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासंग जोडिएको बताउँदै अहिले विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको  बताए ।

    महर्षी पतन्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरेपनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको स्मरण गर्दै गौतम बुद्धको नाम अग्रपंक्तिमा आउने बताए ।  योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसंग मात्र होइन मानवलाई योगले बिश्व ब्रह्माण्डसंग र मानव कल्याणको साझा ज्ञान संग जोडने बताए ।354764410_796776395386825_8262501450827329113_n.jpg

    मन्त्री किराँतीले नेपाल र भारतविच २३०० बर्ष अघिदेखिको ब्यापार सम्बन्धबाट शुरु भएको बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमुधुर बनेको बताए । उनले राम बिना नेपाल र सिता विना भारत अपूर्ण हुने समेत बताए ।  मन्त्री किराँतीले भैरहवा विमानस्थलको हवाई रुटका बिषयमा भारत सरकार सकारात्मक रहेको बताए ।

    कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवले योग भारतबाट शुरु भएको बताउँदै यसले नेपालसँगको सम्बन्धलाई पनि जोडेको बताए । उनले नेपाल भारत सम्बन्ध युगौदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप सम्बन्ध सुमुधुर बनेको बताए ।पतञ्जली योग समिति कपिलबस्तुका अध्यक्ष कृष्ण मुरारी ज्ञवाली र नवलपरासीका अधयक्ष नरुपती पाण्डेयले योग अभ्यास गराएका थिए ।

    पतञ्जली र स्थानीयहरु गरि दिवसका अवसरमा लुम्बिनीमा ४ सय जनाको उपस्थितीमा योग अभ्यास गराइएको थियो । योग दिवसको अवसरमा आयोजित योग अभ्यसामा मन्त्री किराँती सहित, मुख्यमन्त्री चौधरी, भारतीय राजदूत श्रीवास्तव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, विकास कोषका बोर्ड सदस्यहरु सरिक भएका थिए ।

    बुद्धजन्मस्थल लुम्बिनीमा हुने यस्ता कार्यक्रमले लुम्बिनीमो प्रचार प्रसारमा योगदान गर्ने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राइले बताए । प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्र्तराष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतीय राजदूतावासले नेपालमा प्रत्येक वर्ष दिवस मनाउने कार्यक्रम अन्तर्गत यो पटक लुम्बिनी र पोखरामा मनाइएको दुताबासका निरज भण्डारीले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology