Logo बुधवार, श्रावण १३ गते २०८३
images

समाजवादी मोर्चा परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध युद्धको घोषणा हो: प्रचण्ड

समाजवादी मोर्चा परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध युद्धको घोषणा हो: प्रचण्ड

  • 1.5K
    SHARES

  • समाजवादी मोर्चा परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध युद्धको घोषणा हो: प्रचण्ड

    काठमाडौं,असार ४ ।

    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताएका छन् । तर परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले बताए ।

    माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वान गरे ।

    तर अहिले परिवर्तनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology