Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लसएन्जल्समा जुलाई ९ देखि १५ सम्म शिव महापुराण

लसएन्जल्समा जुलाई ९ देखि १५ सम्म शिव महापुराण

  • 1.1K
    SHARES

  • लसएन्जल्समा जुलाई ९ देखि १५ सम्म शिव महापुराण

    अमेरिका,असार ३। 

    अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा शिव महापुराण लगाईने भएको छ । लस एन्जल्समा रहेको श्री पशुपतिनाथ फाउण्डेशन, युएसएको अगुवाईमा लस एन्जल्स क्षेत्र वरपर सक्रिय विभिन्न नेपाली संघ संस्थाहरुको सहकार्यमा आउँदो जुलाई ९ देखि १५ सम्म शिव महापुराण लगाईने भएको हो ।

    महापुराणमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथावचान गर्ने आयोजकले जानकारी गराएका छन् । लसएन्जल्स काउन्टी अन्तर्गत नरवाक शहरमा रहेको श्री पशुपतिनाथ तथा बुद्व मन्दिरमा महापुराण आयोजना हुनेछ ।

    लस एन्जल्स आध्यात्मिक महोत्सव समेत समावेश गरिएको महापुराणको तयारी तिव्र गतिमा अघि बढेको श्री पशुपतिनाथ फाउण्डेशनका सचिव डिल्ली ( सिद्दार्थ ) सिलवालले जानकारी दिए ।

    महापुराण आयोजनाका लागि फाउण्डेशनका निवर्तमान अध्यक्ष मुकुन्द ढुंगानाको संयोजकत्वमा मूल समारोह समिति बनाईएको आयोजकले जानकारी दिएका छन् । यस्तै, समाजका अग्रज व्यक्तित्व बेद भक्त जोशी तथा   नेपाल सरकारका अवैतनिक महावाणिज्यदुत रिषी ढकाल रहेको सल्लाहकार समिति बनाईएको बताईएको छ ।

    सामुदायिक भवनको परिकल्पनालाई साकार पार्न आर्थिक सहयोग जुटाउन महापुराणको आयोजना गरिएको जनाउँदै फाउण्डेशनका अध्यक्ष रामेश्वर भण्डारीले सबैको साथ र सहयोग त्यो कार्य संभव हुने जनाए ।उनले मन्दिर निर्माणले हिन्दु धर्मालम्बीहरु त्यसमा पनि नेपालीहरु लाभान्वित भएको जनाउँदैं नेपाली संस्कृतिको जर्गेना गर्दै पुस्तान्तरणका लागि सामुदायिक भवनको महत्व रहने बताए ।

    नियमित पुजाका साथै धार्मिक तथा सांस्कृतिक महत्वका कार्यक्रम मन्दिरमा आयोजना हुनुका साथै हरेक आईतवार नेपाली पाठशाला संचालन हुँदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology