बुटवल,असार २।
रूपन्देहीमा ब्युटी ट्रेनिङ शुरू भएको छ ।सातदिने तालिममा मायाज ब्युटिपार्लरकी सञ्चालक एवं प्रशिक्षक गीता गिरीले सहजीकरण गर्नुहुनेछ ।
यो आधारभूत तालिमपछि इच्छुक प्रशिक्षर्थीका लागि एड्भान्स कोर्सको कक्षासमेत चलाइने प्रशिक्षक गीता गिरीले बताउनुभयो ।
अन्तराष्ट्रिय स्तरको हेयर स्टाइल, ट्रेनिङ, मेकअप, सेल्फ मेकअप लगायतको तालिम दिइने उहाँको भनाइ छ । बिश्रामबाटीकामा शुरू भएको तालिममा रूपन्देहीका ४० जना महिलाको सहभागिता रहेको छ । गिताले नेपालमा करिब ज्ञ लाखलाइ तालिम दिएको बताउनुहुन्छ ।
उहाँका काठमाडौँमा चारवटा पार्लर छन् भने अब रूपन्देहीको एनजी मार्टमा पनि खोल्ने तयारी छ । उहाँ रसियन हेयर स्पेशलिस्ट समेत हुनुहुन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)