गुल्मी,असार २।
गुल्मीको मालिका गाउँपालिकाले हाम्रो मालिका नामको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । जिल्लामा पहिलो पटक कक्षा १ देखि ८ सम्मका लागि गाउँपालिकाले ‘हाम्रो मालिका’ नामक पुस्तक निर्माण गरेको शिक्षा शाखा प्रमुख भुम बहादुर घर्तिले बताउनु भएको छ ।
गाउँपालिकाले गाउँपालिका भित्रका मालिका गाउँपालिका चिनारी, प्रचलित धर्म, संस्कृतिक, परम्परा, स्थानीय पेसा, व्यावसाय, प्रविधि, स्वास्थ्य, सरसफाइ, योग, जडिबुटी ,सकारात्मक व्यावहार परिवर्तन जस्ता विषय वस्तुहरुलाई काठ्यक्रममा समेटेको छ । त्यसैगरि सुचना तथा सञ्चार प्रविधि, व्यावहारिक लेखन, विपद र जोखिम लगायतका विविध विषयवस्तु समेटर पुस्तक निर्माण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष देविराम अर्यालले स्थानीय पाठ्यक्रम निर्माणले गाउँपालिकाको परम्परा रहनसहन, संस्कार, संस्कृति सरसफाइ, आनीबानी परिवर्तन गर्ने शिक्षा जस्ता विभिन्न बिषयको बारेमो बिद्यार्थीलाई जानकारी पाउन सजिलो हुने बताउनु भएको थियो । गाउँपालिकाले आफ्नो मौलिक पहिचानलाई समेटेर तयार गरिएको उक्त पाठ्यक्रम भावि पुस्ताका लागि पनि उत्तिकै उपयोगी बन्ने उहाँको दावि छ ।
मालिकाले गाउँपालिका भित्रका गैह्र सरकारी तथा सरकारि विद्यालयका लागि हाल चार हजार पुस्तक प्रकाशन गरेको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिनु भयो । गाउँपालिकाले यसै शैक्षिक शत्रबाट पाठ्यक्रम लागु गरेको हो । पालिकाले पाठ्यपुस्तक निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)