Logo बिहिवार, आश्विन १ गते २०८३
images

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई कारागार चलान गर्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई कारागार चलान गर्न आदेश

  • 1.3K
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई कारागार चलान गर्न आदेश

    काठमाडौ,असार १।

    काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर  रायमाझी र पूर्वसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्ने निर्णय सुनाएको छ ।

    पक्राउ परेका १८ जना मध्ये टंक गुरुङ १० लाख रूपैयाँ र लक्ष्मी महर्जन ५ लाख रूपैयाँ धरौटीमा छुट्ने जिल्ला अदालत काठमाडौंले निर्णय गरेको छ । कारागार चलान हुनेमा रायमाझी, खाण, पाण्डे, टेकनाथ रिजाल, केशव दुलाल, इन्द्रजित राई, सानु भण्डारीसमेत छन् ।

    त्यसैगरी आङटावा शेर्पा, सन्दीप रायमाझी, शमशेर मियाँ, सन्देश शर्मा, सागर राई, रामशरण केसी, हरिभक्त महर्जन, नरेन्द्र केसी र गोविन्द चौधरी पनि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजालासले लामो थुनछेक बहसपछि पुर्पक्षका लागि १६ जनालाई कारागार पठाउने आदेश दिएको हो । 

    काठमाडौं जिल्ला अदालतको आदेशपछि उनीहरुलाई सुन्धारस्थित केन्द्रीय कारागारमा लैजाने तयारी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology