Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मी वामीटक्सारका प्रधान बुटवलबाट सम्पर्कविहिन !

गुल्मी वामीटक्सारका प्रधान बुटवलबाट सम्पर्कविहिन !

  • 1.3K
    SHARES

  • गुल्मी वामीटक्सारका प्रधान बुटवलबाट सम्पर्कविहिन !

    बुटवल,जेठ ३२।

    गुल्मीको मुसिकोट-७ वामीटक्सारका ७२ वर्षीय धर्मेन्द्र प्रधान ४ दिनदेखी सम्पर्कविहिन भएपछि परिवारले खोजिका लागि आपिल गरेका छन् ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरबाट आइतबारेदेखि प्रधान सम्पर्कविहिन भएको परिवारले जनाएको छ । ज्योतिनगर स्थित आफ्नी बहिनीको घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारले आग्रह गरेको हो ।

    मानसिक सन्तुलन कमजोर भएका उनले कालो कलरको ट्राउजर र गुलाबी कलरको टिसर्ट लगाएर घरबाट निस्किएको परिवारले जनाएको छ ।

    सेतो कपाल र सेतो दाह्री भएका उनलाई भेटाउने जो कोहीले खबर गरिदिनका लागि उनका भाई राजेन्द्र प्रधानले आग्रह गरेका छन् ।भाई राजेन्द्रको मोबाइल नम्बर ९७६२२३६१९६ वा सम्पर्कविहिन बनेका प्रधानका ज्वाई जीवन श्रेष्ठको मोबाइल नम्बर ९८४७०२१३४८ मा सम्पर्कका लागि परिवारले आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, जेठ ३२ २०८००४:५९:१७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology