Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जना पक्राउ

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जना पक्राउ

  • 4.7K
    SHARES

  • शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जना पक्राउ

    बुटवल,जेठ ३२ ।

    मानवअधिकार तथा शान्ति समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाहीको माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ । प्रदर्शन गर्ने क्रममा प्रहरीले संसद भवन अगाडि बानेश्वरबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको हाे ।

    पक्राउ पर्नेमा नागरिक अगुवा डा. केदारनरसिह के.सी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गीता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइकेल रहेका छन् ।

    उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।उनीहरुले सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्,  चुरे ध्वस्त पार्न पाइँदैन : मधेशमारा नीति चाहिंदैन, शीर्ष नेताहरुको सम्पत्ति छानबिन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन?,सार्वभौम संसद राष्ट्रिय पञ्चायत जस्तो नबनोस्, शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, भ्रष्टाचार विरोधी अभिलेख संसदको रेकर्डबाट किन हटाइयो?, पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology