Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कपडा कसरी टिकाउयुक्त बनाउँन सकिन्छ ?

कपडा कसरी टिकाउयुक्त बनाउँन सकिन्छ ?

  • 1.1K
    SHARES

  • कपडा कसरी टिकाउयुक्त बनाउँन सकिन्छ ?

    बुटवल ।

    सामान्य जस्तो लाग्छ, तर कपडा धुने, सुकाउने, राख्ने कुरामा हामी उति ख्याल गर्दैनौं । त्यही कारण कपडा चाडै पुरानो हुन्छ । रंग उड्छ ।

    कपडालाई लामो समयसम्म टिकाउन, त्यसको चमक कायम राख्नका लागि लुगा धुने, सुकाउने, राख्ने कुरामा ख्याल राख्नुपर्छ । यसका लागि केही काइदा छन् ।

    १. सबैभन्दा पहिला कपडा धुनका लागि सधै माइल्ड डिटरजेन्ट नै प्रयोग गरौ । यसले कपडा लामो समयसम्म चमकदार बनाइराख्छ ।

    २. सेतो कपडालाई कहिलेपनि रंगिन कपडासँग धुनुहुँदैन ।

    ३. रंगीन कपडालाई १-२ घण्टाभन्दा बढी डिटरजेन्टमा भिजाउनु हुन्न । कटनको केहि कपडाको रंग पखालिन्छ । यस्तो कपडा अरुसँग मिसाएर धुनु हुँदैन ।

    ४. सिल्क, बनारसी र इम्ब्रोयडरी वर्क गरिएको फेब्रिकलाई घरमा धुनु उपयुक्त हुँदैन । यसका लागि ड्राइ क्लिनिङ राम्रो विकल्प हो ।

    ५. कालो रंगको कपडा खासगरी कालो जिन्सलाई पनि अन्य कपडाभन्दा अलग राखेर धुनुपर्छ । किनभने कालो रंगको कपडाको रंग अरुमा सर्छ ।

    ६. यदि ऊनी कपडा धुनु छ भने बिशेष सावधानी अपनाउनु पर्छ । ऊनी कपडालाई तातो पानीमा धुनु हुँदैन ।

    ७. संभव भएसम्म कपडालाई वासिंङ मशीनमा धुनु हुँदैन । यसले कपडा ड्यामेज हुने खुम्चिने डर हुन्छ ।

    ९. रंगीन कपडालाई चर्को घाममा सुकाउनु हुँदैन । यस्तोमा रंग जाने संभावना बढी हुन्छ ।

    १०. कपडालाई सोझै घाममा भन्दा पनि आझेलमा सुकाउनु राम्रो हो । यसले गर्दा कपडाको रंग त जाँदैन नै, टिकाउ पनि हुन्छ ।

    ११. कपडालाई कसरी राख्ने भन्ने कुरा पनि महत्वपूर्ण हो । कपडालाई त्यसको फेब्रिक र आवश्यक्ता अनुरुप राख्ने गरौ ।

    १२. आइरन गर्न मिल्ने कपडालाई आइरन गरेर राख्नुपर्छ । यद्यपी सबै कपडालाई आइरन गर्ने ढंग भिन्न भिन्नै हुन्छ । जस्तो कि, कटन र सिल्क फेब्रिकमा हेभी आइरनको जरुरत हुन्छ । शिफन र जर्जेटमा हल्का आइरन चाहिन्छ । सबै फेब्रिकलाई त्यसको प्रकृति अनुसार भिन्न भिन्नै तापमानमा आइरन गर्नुपर्छ ।

    १३. कपडालाई सहि ढंगले राख्नका लागि वार्डरोबको सहि सेटिङ पनि आवश्यक हुन्छ । जस्तो कि, इम्ब्रोइडरी वाला कपडालाई प्लेन कपडाभन्दा अलग राख्नुपर्छ ।

    १४. हेभी इम्ब्रोइडरी कपडाको मेन्टिनेन्स थोरै मुस्किल हुन्छ त्यसैले त्यसलाई राख्ने कुरामा ध्यान दिनुपर्छ । यदि दुई वा तीन इम्ब्रोइडरी कपडालाई एकै स्थानमा राख्ने हो भने, त्यो सबैको बीचमा बटर पेपर लगाउनुपर्छ । संभव भएसम्म यस्तो महंगो कपडालाई अलग अलग क्लोथिङ कभर व्यागमा राख्नुपर्छ ।

    १५. बनारसी फेब्रिकलाई अरु फेब्रिकभन्दा अलग बाँधेर राख्नुपर्छ ।

    १६. महंगो कपडालाई घरमा धुनुभन्दा ड्राइक्लिनमा धुनु राम्रो हो ।

    १७. भेल्भेट फेब्रिकलाई हामीले आइरन गर्दा जल्न सक्छ किनभने त्यसमा सोझै आइरन गर्नु हुँदैन । त्यसमाथि हल्का कटनको फेबि्रक राखेर आइरन गर्नुपर्छ ।

    १८. कटन फेबि्रकलाई आइरन गरिसकेपछि ह्याङगरमा टांगेर राख्नुपर्छ । ऊनी कपडालाई फोल्ड गरेर राख्नुपर्छ । त्यसलाई ह्याङगरमा राख्नु हुँदैन । उलन कपडा आफ्नो कभरमै राख्नुपर्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, जेठ ३१ २०८०१२:०२:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology